विभागले तिरायो कृष्ण बेकरीलाई २ लाख रुपैयाँ जरिवाना

लोकपथ
49
Shares

काठमाडौं । उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृष्ण बेकरी एण्ड कन्फेक्सनरीलाई २ लाख जरिवाना तिराएको छ । विभागले कमलपोखरीस्थित कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई २ लाख रुपैयाँ जरिवाना तिराएको हो । 

विभागले मंगलबार ६ वटा उद्योग तथा फर्ममा  बजार अनुगम गरेको थियो । सोही क्रममा कृष्ण बेकरीले वस्तुको गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएपछि विभागले जरिवाना तिराएको हो ।

साथै सौरभ प्राली, स्मार्ट ट्रेड कन्सन र कृष्ण पाउरोटी भण्डार प्रालीलाई अनुगमनपछि सामान्य निर्देशन दिएको छ भने विएस ट्रिक प्रालिलाई कागजपत्रसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?