उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन

लोकपथ
357
Shares

काठमाडौ । पाटन अदालतका न्यायाधीश रामेश्वर रेग्मीको भएको छ । मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको हो ।

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उनको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए ।

न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

उनको पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको जानकारी सूचना अधिकारी आचार्यले दिए । न्यायाधीश रेग्मीको असामयिक निधन भएकोमा शोक व्यक्त गर्दै उच्च अदालत पाटनका आजका निम्ति निर्धारित सबै कामकारबाही स्थगन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?