काठमाडौं । वैदेशिक रोजगारमा क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका–१० बस्ने पर्सा वीरगन्ज महानगरपालिका-१३ घर भएका ५० वर्षीय महावीर प्रसाद जैशवाल (कुर्मी) लाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
महावीरले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै ३ जनाबाट ५ लाख २० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया