घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ? (सूचीसहित)

लोकपथ
672
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य ५, मट्टितेल र डिजेलको मूल्य ३ रुपैयाँका दरले घटाउने निर्णय गरेको हो ।

जसअनुसार अब प्रतिलिटर पेट्रोलको मूल्य १६५ र मट्टितेल तथा डिजेलको मूल्य प्रतिलिटर १५५ कायम भएको छ ।

इण्डियन आयल कर्पोरेशनले आजबाट पेट्रोलियम पदार्थको मूल्य घटनाउने निर्णय गरेको छ । सोही अनुसार निगमले पनि मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।

निगमका अनुसार आज राति १ बजेबाट उक्त नियम लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?