अधिकांश वाणिज्य बैंकले घटाए व्याजदर, कसको कति ?

लोकपथ
91
Shares

काठमाडौं । अधिकांश वाणिज्य बैंकले भदौ महिनाका लागि निक्षेपको व्याजदर घटाएका छन् ।

२० वटा वाणिज्य बैंकमध्ये १३ ओटाले व्याजदर घटाउँदा ६ ओटा बैंकले साउनकैलाई निरन्तरता दिएका छन् भने प्राइम बैंकले भने बढाएको छ । साउनमा निक्षेपको व्याजदर ६.७४ प्रतिशत रहेकोमा भदौमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको व्याजदर ६.५३ प्रतिशत कायम भएको छ । यस आधारमा व्याजदर भदौका लागि ०.२१ बिन्दुले घटेको हो । ग्लोबल आईएमई, लक्ष्मी सनराइज, कुमारी, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले अघिल्लो महिनाकैलाई निरन्तरता दिएका छन् ।

ग्लोबल आईएमईले ६.२५, लक्ष्मी सनराइजले ६.५०, कुमारीले ६.७१,माछापुच्छ्रेले ७.००, स्ट्याण्डर्ड चाटर्डले ७.०० र नविल बैंकले ७.०० प्रतिशतलाई नै निरन्तरता दिएको हो । यस्तै प्राइम बैंकले भने ६.५० बाट बढाएर ६.७५ पु-याएको छ । नेपाल बैंकले ६.२५ बाट ५.२५, कृषि विकास बैंकले ६.२९ बाट ६.०६, राष्ट्रिय वाणिज्य बैंकले ६.२१ बाट ६.०७, प्रभु बैंकले ७.०० बाट ६.१, एभरेष्ट बैंकले ६.३० बाट ६.१, सानिमा बैंकले ६.४० बाट ६.२०, नेपाल एसबीआई बैंकले ६.३० बाट ६.२५, सिद्धार्थ बैंकले ६.७५ बाट ६.५०, सिटिजन्सले ६.७५ बाट ६.५०, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७.०० बाट ६.५०, एनएमबी बैंकले ७.५३ बाट ७.४१ र एनआईसी एसिया बैंकले पनि ७.५३ बाट ७.४१ मा झारेको छ । अधिक तरलताका कारण व्याजदर घटाएर बैंकले निक्षेपकर्तालाई हतोत्साही गरिरहेका छन् । बैंकहरूले प्रणालीमा धेरै पैसा भएपछि सस्तो व्याजदरमा राष्ट्र बैंकमा राख्दै आएका छन् । जसले बैंकहरूको निक्षेपको लागत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?