काठमाडौं । समाज डेन्टल हस्पिटल र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पिटल प्रालिको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
समाज डेन्टल हस्पिटल र प्रभु बैंकबीच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो ।
प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवाजन तथा ग्राहकहरुले क्रमशः १५% र १०% छुट समाज डेन्टल हस्पिटलका सम्पूर्ण शाखाहरुबाट यो सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
एक समारोहकाबीच प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटा र समाज डेन्टल हस्पिटलका तर्फबाट निर्देशक श्रेया पाँडेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया