घरायसी विवादमा श्रीमतीको हत्या, श्रीमान फरार

लोकपथ
119
Shares

काठमाडौं । महोत्तरीमा श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् ।

जिल्लाको महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा ४५ वर्षीय हबिब नदाफले आफ्नो श्रीमती ३६ वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका हुन् ।

श्रीमतीसँगको घरायसी  झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ । घटनापछि फरार भएका निजका श्रीमानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?