प्रधानमन्त्री ओलीलाई सुमनाको रिप्लाइ : ‘नो इफ, नो बट, शिक्षाबाट राजनीति कट’

लोकपथ
609
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षाबाट राजनीति हटाउनुपर्नेमा जोड दिएकी छिन् ।

पूर्व शिक्षामन्त्री समेत रहेकी श्रेष्ठले आफू मन्त्री हुँदा राजनीतिक दलको सदस्यता लिने शिक्षकहरुलाई कारबाहीको चेतावनी दिएकी थिइन् ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा बोल्दै शिक्षक सामाजिक परिवर्तनको सम्बाहक रहेको भन्दै राजनीतिक क्षेत्रबाट विस्थापित गराउन नहुने धारणा राखेका थिए ।

उनले यसअघिको सरकारले शिक्षकहरुलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको भन्दा अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरण विस्तारमा लाग्न आग्रह गरेका हुन् ।

सोही विषयलाई व्यंग्य गर्दै सांसद श्रेष्ठले सामाजिक सञ्जालमा भनेकी छिन्, ‘No if no but, शिक्षाबाट राजनीति cut ’

यो पनि
शिक्षकहरुको राजनीतिक सक्रियतालाई कुनै अवरोध नगर्ने प्रधानमन्त्री ओलीको अडान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?