सेयर बजारमा दोहोरो अंकको गिरावट, ३ हजार बिन्दुबाट झर्‍यो बजार

लोकपथ
84
Shares

काठमाडौं । केही समयदेखि निरन्तर उकालो लागेको सेयर बजार साताको पहिलो कारोबार दिन आइतबार ओरालो लागेको छ ।

धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ दशमलव ४७ अंकले घटेको हो । यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन ३ हजार बिन्दुमा पुगेको सेयर बजार २ हजार ९ सय ६६ दशमलव ३३ बिन्दुमा झरेको छ ।

त्यस्तै आज २८ अर्ब, ८३ करोड, ६९ लाख, ९७ हजार ३ सय ७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कुल ६ करोड ५४ लाख ७५ हजार ३ सय ६६ कित्ता बराबर सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कारोबारमा आएकामध्ये ४७ कम्पनीको सेयरमा हरियाली छाएको छ भने १९७ कम्पनीको सेयर घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?