निर्मला पन्तको कारुणिक कथामा बन्यो देवी

लोकपथ
63
Shares

काठमाडौं । केही वर्षअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको कारुणिक कथामा केन्द्रित रहेर चलचित्र ‘देवी’ निर्माण गरिएको छ । अब कुनै पनि नेपाली चेलीको अवस्था निर्मलाको जस्तो नहोस् भनेर त्यसको खबरदारी गर्न यो चलचित्र निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।

समाजमा बलात्कृत धेरै नारीले न्याय नपाएको भन्दै त्यसको वकालत यो चलचित्रले गर्ने निर्माण पक्षको दाबी छ ।
यसैबीच काठमाडौंमा एक समारोहबीच चलचित्र देवीको ट्रेलर सार्वजनिक गरिएको छ ।

२ मिनेट ३९ सेकेण्डको ट्रेलरले समाजमा हुने बलात्कार जस्ता अपराधजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको संक्षिप्त कथा समेटिएको छ । ट्रेलरले पनि यो चलचित्र निर्मला पन्तको हत्याकाण्डसँग सम्बन्धित रहेको जनाउँछ ।

यो चलचित्रलाई संजोग राईले निर्देशन गरेका हुन् । लामो समय फोटोग्राफर भएर काम गरेपछि यही चलचित्रबाट निर्देशन यात्रा सुरु गरेका राईको कथन छ ।

निर्मला पन्तलगायत विभिन्न नेपाली चलीमाथि भएको जबरजस्ती बलात्कारपछिको हत्याको कथाले आफूलाई छोएकाले अब यस्तो नहोस् भनेर सचेतनाको लागि यो चलचित्र बनाएको उनले बताए । सामाजिक न्यायका लागि यस्ता कथामा चलचित्र बनाएको पनि निर्देशक राईले बताए ।

यो चलचित्रको कथा निकै कारुणिक भएकाले कथाबाट प्रभावित भएर आफूले यो चलिचत्रमा काम गरेको अभिनेत्री शिल्पा मास्केले बताएकी छिन् । समाजलाई सचेत बनाउने र सन्देश प्रवाह गर्ने सिनेमाको हिस्सा बन्न पाउँदा निकै खुशी लागेको पनि शिल्पाले जिकिर गरिन् । यो चलचित्रमा शिल्पा मास्केसँगै गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?