काठमाडौं । लुम्बिनी प्रदेशका भैरहवामा १५ वर्षदेखि संचालनमा रहेको उच्चस्तरिय मदिरा उत्पादन कम्पनी रेन्बो डिस्टिरीले आधुनिक प्लान्टसहित व्यवसाय वृद्धिका लागि पुँजीवृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवा अन्तर्गत रोड टु आईपीओ योजनासम्बन्धि सम्झौता गरेको छ । शुक्रवार यससम्बन्धि सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रेन्बो डिस्टिरीका अध्यक्ष मिनराज भुषालले हस्ताक्षर गरे ।
एलिट क्यापिटलले ‘रोड टु आईपीओ’ योजना अन्तरर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरुलाई समेत पव्लिक कम्पनीमा रुपान्तरण, पुंजीबृद्धी र व्यवसायीक प्रबद्र्धनमा परामर्श सेवा दिँदै आइरहेको छ ।
रेन्बो डिस्टिलरीले १० करोड चुक्तापुँजीलाई शतप्रतिशत वृद्धी गरी पब्लिक कम्पनीमा रुपान्तरण हुने जनाएको छ । एलिटले रेन्बोलाई चुक्ता पुँजीवृद्धि, व्यवसाय विस्तार, वित्तिय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ । यसबाहेक आईपीओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ ।
हाल १० करोड चुक्तापुँजी रहेको यस कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पुँजीबृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन शुरु गरिँदैछ । यसका लागि कम्पनीले आफ्नै जग्गामा नयाँ भवन र प्लान्ट समेत जडान गरिरहेको छ । पुँजीवृद्धिपछी यस कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरण भई आईपिओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष डा. धु्रव भट्टराईले जानकारी दिए ।
रुपन्देहीको तिलोत्तमा १५ मा आफ्नै भवनमा रहेको कारखानामा यस कम्पनीले ५० यूपि र ७० यूपिका सोफी, स्मुच, ईडेन प्रिमियम, पिकनिक, अरेन्ज, पाईस, टकिला लगायत २ दर्जन ब्राण्डका आध’निक मदिरा उत्पादन गरिरहेको छ ।
हालसम्म नेपालको सेयर बजारमा मदिराजन्य उद्योग एउटा मात्र सुचिकृत भएको छ । त्यसैले मुनाफाजन्य उद्योगको रुपमा रहेको रेन्बो डिस्टिलरीलाई पब्लिक कम्पनी बनाई आईपीओ जारी गर्न लागिएको कम्पनीका संचालक प्रकाश भुषालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया