काठमाडौं । आगामी भदौ १५ गते नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ३० बर्से सेवा अवधि पूरा गरी एक सय जनाभन्दा बढी एकसाथ अवकाशमा जाने भएका छन् । नेपाल प्रहरीमा ८९ र सशस्त्र प्रहरीमा १८ जनाले त्यस दिन एकसाथ बर्दी फुकाल्ने छन् ।
३० बर्से सेवा अवधि हट्नेमा थोरै आश पालेर बसेका उनीहरु अब भन्ने त्यसका लागि समय अभाव हुने निश्कर्षमा पुगेका छन् । र, बर्दी फुकाल्ने दिन नजिकिएको भन्दै आफूहरुलाई मानसिकरुपमै तयारी अवस्थामा राखेका छन् । सरकारले आफूहरूलाई ५० वर्ष नपुग्दै सेवाबाट बिदा गर्न लागेको उनीहरूको गुनासो छ ।
प्रहरी ऐन ल्याएर मात्रै ३० वर्षे हटाउनु पर्ने भएकाले ऐन तयार गरेर कार्यान्वयनमा ल्याउन समय लाग्ने देखिएको छ । नयाँ ऐनसम्बन्धी छलफल प्रहरी समायोजनको विषयले पेचिलो बनेको छ । त्यस दिन नेपाल प्रहरीका एक जना नायव महानिरीक्षक (डीआईजी) र सशस्त्र प्रहरीका दुई जना डीआईजी गरी १०७ जनाले ३० वर्षदेखि लगाइरहेको बर्दी फुकाल्ने छन् ।
त्यस दिन नेपाल प्रहरीका बागमती प्रदेशका डीआईजी विष्णुकुमार केसी र सशस्त्र प्रहरीका डीआईजीद्वय अभि खत्री र दुर्गा भट्टराई अवकाशमा जाँदै छन् । डीआईजीत्रय केसी, खत्री र भट्टराईसहित यी १०७ जना २०५१ भदौ १६ मा प्रहरी सहायक निरीक्षक ९असई० बाट प्रहरी सेवामा प्रवेश गरेकाहरू हुन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैमा उमेरहद, सेवा अवधि र पदावधि जुन पहिले आउँछ, त्यहीअनुसार अवकाश हुने व्यवस्था छ । अहिले सबै जना ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । उनीहरुलाई १०५ टोली भनेर पनि चिनिन्छ । असईमा भर्ना भएका उनीहरूले पछि विभिन्न मितिमा प्रहरी निरीक्षकमा नाम निकालेर डीआईजीसम्म बन्न सफल भएका थिए । काठमाडौं, भरतपुर र विराटनगरमा तालिम गरेका सो टोलीमा ४३२ जना थिए । माओवादी सशस्त्र युद्धमा यो टोली भिडेको थियो । जसमा १५ जनाले ज्यान गुमाएका थिए ।
त्यस दिन नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी)पनि अवकाशमा जाने छन् । अवकाशमा जाने एसएसपीहरूमा जीवन श्रेष्ठ, किसनसिंह थापा, रेवती ढकाल, दिनेशराज मैनाली, बेलबहादुर पाण्डे, रवि पौडेल, चन्द्रदेव राई, नवीन राई, दिल्लीराज विष्ट, रवीन्द्र रेग्मी र वीरबहादुर ओली छन् ।
यस्तै, २०५१ भदौ १६ मा असईमा नाम निकालेर २०५८ सालमा प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका ११ जना एसपीहरु पनि त्यसै दिन अवकाशमा जाने छन् । अवकाशमा जाने एसपीमा लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवदेश बिष्ट क्षेत्री, नरेन्द्रकुमार कार्की, टेकुनन्द ईवा लिम्बु, कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, चित्रबहादुर गुरुङ र नवीनकिशोर प्रधान छन् ।
यस्तै, उनीहरुसँगै असईमा भर्ना भएर २०६२/६३ मा प्रहरी निरीक्षकमा नाम निकालेका र केही बढुवा हुँदै डीएसपी बनेकाहरु पनि त्यसै दिन अवकाशमा जाने छन् । अवकाशमा जान लागेका डीएसपीहरुमा श्रीराम भण्डारी, भरतकुमार शाह, मनोजकुमार श्रेष्ठ, जनकबहादुर मल्ल, राजनकुमार गौतम, महेश बस्नेत, रामकृष्ण सापकोटा, गणेशबहादुर श्रेष्ठ, भरतबहादुर चौधरी, ऐनबहादुर मल्ल, किरणप्रसाद न्यौपाने, होमबहादुर थापा, खगेन्द्रप्रसाद रिजाल, भोजराज पाण्डेय, लालबहादुर बम, नारायणबहादुर श्रेष्ठ, राकेशकुमार पोदार र गोविन्द पन्थी छन् ।
यस्तै, डीएसपीहरु रामबहादुर चन्द, सुजितकुमार ओझा, फणीन्द्र रानाभाट, विजय थापा, जमुनाकुमारी बस्नेत, दलराम टमाटा, मदनबहादुर कुँवर, देवबहादुर कुँवर, हिक्मतबहादुर बोहरा, अनिलकुमार उप्रेती, शैलेन्द्रकुमार खड्का र उद्धवप्रसाद अधिकारी पनि अवकाश हुँदैछन् ।
प्रहरी सहायक निरीक्षकमा भर्ना भएर बढुवा हुँदै हाल प्रहरी निरीक्षक रहेका ३५ जना पनि त्यसै दिन अवकाशमा जाने छन् । प्रहरी निरीक्षकबाट अवकाश हुनेमा सरोजकुमार ठकुराठी, जयराम वन्त, भुवन भट्ट, कृष्ण रानामगर, ओमप्रकाश वाग्ले, बिजुलीनाथ योगी, गिन्द्रबहादुर बोगटी, खिमबहादुर घर्तीमगर, अर्जुनप्रसाद पोखरेल, उदयमान द्विवेदी, काशीराज रेग्मी, योगराज न्यौपाने, शान्तराम कार्की, हिराबहादुर केसी, खेमराज कडायत र हरिविष्णु ढकाल छन् ।
यस्तैं, रविभूषण प्रसाद यादव, राजेन्द्रप्रसाद यादव, उदयसिंह सिजापती, मोहन थापा, कलेन्द्रविक्रम शाही, मानप्रसाद श्रेष्ठ, किसन चन्द ठकुरी, अवधकिशोर ओझा, विजय भण्डारी, भीमबहादुर कार्की, प्रेमबहादुर बोहरा, नरपति भट्ट, जगत दमाई, कमल आचार्य, मेघनाथ चापागाईं, निलमबहादुर भण्डारी, तीर्थबहादुर भण्डारी, जगदीश पौडेल र गोपाल चालिसेले पनि त्यसै दिन अवकाश पाउने भएका छन् ।
यस्तै, सशस्त्र प्रहरी तर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विश्व भट्टराई, एसपीहरु पूर्ण साउद, त्रिभुवन विष्ट, धनबहादुर सिंह, अशोककुमार शाक्य, दीपेन्द्र गिरी, उद्धव रावल, प्रेम रावल, गोपाल श्रेष्ठ र हर्क शाही, डीएसपीहरु कान्छु भण्डारी, भीम चौधरी, कर्ण बुढामगर र महेन्द्रराज भारती अवकाशमा जाने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया