काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । आज सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रूपैयाँ कायम भएको हो । मंगलबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ५३ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यस अघि गत आइतबार भदौ २ गते सुनले नयाँ रेकर्ड कायम गरेको थियो । उक्त दिन सुनको मूल्य तोलामा एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८ सय २० रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भैइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया