दक्षिण भारतका पाँच धनी अभिनेतामध्ये नागर्जुन पहिलो नम्बरमा, कति छ उनको सम्पत्ति ?

लोकपथ
966
Shares

मुम्बई । दक्षिण भारतीय अभिनेतामा धनाड्यको सूचीमा शीर्ष स्थानमा रहेका नागर्जुनको कुल सम्पत्ति ३०१० करोड भारतीय रुपैयाँ रहेको जीक्यू इन्डियाले जनाएको छ ।

उसको रिपोर्टअनुसार बलिउड चलचित्रमा समेत आफ्नो प्रभाव जनाएका यी अभिनेताको सम्पत्ति अरु अभिनेताको तुलनामा दुई गुणा बढी रहेको छ । उनीसँग  पुर्ख्यौली सम्पत्ति पनि प्रसस्त थियो । त्योसँगै चलचित्रको कमाइ र विभिन्न कम्पनीका मालिक उनी अहिले पनि पहिलो नम्बरमै छन् । उनीसँग आफ्नो निजी विमान पनि रहेको छ ।

यस्तै दक्षिण भारतीय धनाढ्य अभिनेताहरुको सूचीमा दोश्रो नम्बरमा मेगास्टार चीरञ्जीवी परेका छन् । उनी तेस्रोबाट दोस्रो स्थानमा उक्लिएका हुन् । अर्का धनी अभिनेता रामचरणलाई उछिन्दै उनी दोस्रो स्थानमा उक्लिएका हुन् । जीक्यू इन्डियाको रिपोर्टअनुसार चीरञ्जीवीको कुल सम्पत्ति १६५० करोड भारतीय रुपैयाँ छ । चलचित्रमा अभिनय बाहेक उनले व्यापार, विज्ञापन र लगानीबाट मनग्य आम्दानी गर्छन् । उनको पनि निजी विमान छ । उनले बिहीबार मात्र आफ्नो ६९औँ जन्मदिन मनाएका छन् ।
दोस्रोबाट तेस्रो नम्बरमा झरेका मेगा पावर स्टार रामचरणको कुल सम्पत्ति १३७० करोड भारतीय रुपैयाँ रहेको छ । पछिल्लो ब्लकबस्टर चलचित्र आरआरआरबाट उनी थप उचाइमा पुगेका छन् । उनको यो चलचित्र ओस्करमा समेत अवार्ड जित्न सफल भएको छ । यो चलचित्रको नाचो नाचो गीतबाट उनले अवार्ड प्राप्त गरेका छन् ।

यस्तै, चौथो नम्बरमा परेका अभिनेता कमल हासनको कुल सम्पत्ति ४५० करोड भारतीय रुपैयाँ रहेको छ । बलिउडदेखि दक्षिण भारतीय चलचित्रमा समेत आफ्नो प्रभाव जमाएका कमल हासन एक बहुमुखी अभिनेता मानिन्छन् । विभिन्न ६ वटा दक्षिण भारतीय भाषाहरूमा आफ्नो अभिनय कौशल प्रदर्शन गर्दै आएका यी अभिनेताले चलचित्र निर्देशन र निर्माण पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?