काठमाडौं । नेपाल धितोपत्र बोर्डले रित रहेको ६ पदका लागि दरखास्त आवेदन माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको माध्यमबाट स्थायी पदपुर्तिकोलागि बोर्डले ६ पदका लागि दरखास्त आवेदन माग गरेको हो ।
आयोगबाट प्राप्त सहमति अनुसार बोर्डले सेवा सर्त नियमावली २०६८ (संशोधन सहित ) अनुसार योग्यता पुगेका नेपाली नागरिकहरलाई दरखास्तको लागि आह्वान गरेको बोर्डले जनाएको छ ।
बोर्डको सहायक निर्देशक (अधिकृत तृतीय श्रेणी )को खुलामा १ र आदिवासी जनजातिमा १ गरी जम्मा २ जना , वरिष्ठ सहायक ( प्रथम श्रेणी ) मधेसी कोटामा १ र खुलाबाट १ गरी जम्मा २ जना, त्यसैगरी सहायक (द्धितीय श्रेणी) मा महिला १ र आदीवासी जनजातिका १ जना गरी दुई जना मागेको हो ।
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले बोर्डको वेवसाइटमा गएर अनलाईन दरखास्त प्रणालीमार्फत आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया