फेरि अर्को सवारी दुर्घटना : चितवनको सत्रकिलोमा बस पल्टियो

लोकपथ
952
Shares
तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं । तनहुँको आँबुखैरेनीमा बस दुर्घटनाको उद्धार जारी रहँदा चितवनमा पुनः अर्को बस दुर्घटना भएको छ ।

रौतहटको गौरबाट पोखरातर्फ गइरहेको ग २ ख ४७ नम्बरको बस सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार चितवनको भरतपुर–२९ सत्र किलो भन्ने स्थानमा माथिबाट ढुंगा खस्दा चालक अत्तालिएर बस अनियन्त्रित बन्न पुगेको हो । उक्त बस सडकमै पल्टिएको र हालसम्म १९ जनाको उद्दार गरिएको हो ।

९ जनाको भरतपुरको सरकारी अस्पताल र १० जनाको पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उक्त बसमा ३५ जना यात्रु सवार रहेको अनुमान गरिएको छ ।

यता आँबुखैरेनीको ऐनापहरामा भएको बस दुर्घटनामा परी हालसम्म १८ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौंतर्फ आइरहेको भारतीय नम्बरको बस ऐनापहराबाट मर्स्र्याङ्दी नदीमा खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?