काठमाडौं । नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालका सबै नदीहरुलाई जोगाएर राख्नुपर्ने बताएका छन् ।
शनिबार बागमती रिभर फेस्टिबल २०२४ महाजल यात्रालाई सम्बोधन गर्दै उनले नदी संस्कृतिसँग पनि जोडिएकोले बचाएर राख्नुपर्ने धारणा राखेका हुन् ।
उनले भने, ‘खास गरेर नेपालका नदीहरुलाई जोगाएर राख्नुपर्छ । नदी हाम्रो धर्म, संस्कृतिसँग पनि मेल खाएको हुन्छ । जहाँ नदीहरु सरर बगेको हुन्छ त्यहाँ संस्कृति पनि त्यहीँ अनुसार बगेको हुन्छ । बागमती सभ्यताको जुन सवाल र अवस्था छ , यसमा सबै मिलेर काम गर्नुपर्छ ।’
साथै उनले बागमती राजधानीको मात्र नभएर देशकै सम्पत्ति भएको उल्लेख गरे । उनले विभिन्न कालखण्डमा सहरीकरणका कारण तीब्र गतिले बागमती सभ्यता बिग्रेको जिकिर गरे ।
उनले भने, ‘बागमती राजधानीको मात्र नभई देशकै गहना भएकाले बचाउन जरुरी छ । विभिन्न कालखण्डमा सहरीकरणका कारण बागमतीको सभ्यता बिग्रियो । बागमतीको पानीको जुन फ्लोर छ वर्षा याममा मात्र देख्ने गरिन्छ । वर्षा याम सकिएपछि बागमती दुर्गन्धित तरिकाले बगिरहेको हुन्छ । यसमा पनि धेरै काम गर्नुपर्ने देखिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया