काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् । एक जना बालकको भने उद्धार गरिएको छ ।
मृत्यु भएकामध्ये दुई जनाको मात्रै सनाखत भएको छ । पहिरोमा परी मृत्यु हुनेमा ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिनाका शिशु आनुष श्रेष्ठ रहेका छन् ।
रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाका अनुसार, शनिबार राति अविरल वर्षापश्चात् ११ः४५ बजेतिर आएको पहिरोले पाँच घर पूर्णरूपमा बगाएको छ । थप पाँच घर क्षतिग्रस्त अवस्थामा छन् । ३० घरधुरी रहेको उक्त बस्ती नै जोखिममा परेको छ ।
प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले लेदोसहितको पहिराले ढोइगाउँ खोलाको पुलसमेत बगाएको बताइन् ।
सो पुल गत वर्षमात्रै करिब ३ करोड लागतमा निर्माण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया