काठमाडौं । बञ्जारा बञ्जाडे समाज नेपालले मौलिक तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । समाजले शनिबार काभ्रेपलाञ्चोक पनौतिस्थित ताम्राकार पार्टी प्यालेसमा हरितालिका तीज दर कार्यक्रमसँगै मौलिक तीज गीत प्रतियोगिता सम्पन्न गरेको हो ।
प्रतियोगितामा ठाडो बाटो महिला समूह प्रथम भएको छ । त्यस्तै, खरिबोट महिला समूह द्धितीय हुँदा छोरी चेली समूहले तृतीय स्थान प्राप्त गरेको छ । यसैगरी, सक्रिय महिला समूहले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।
प्रतियोगिताको वरिष्ठ संगीतकार रामहरी न्यौपाने, गीतकार बिनोद बञ्जारा गायिका सुशिला बञ्जाडे निर्णायक भूमिकामा रहेका थिए । त्यस्तै, कार्यक्रममा लोकदोहोरी गायिका आशा लामा (ज्ञानमाला) र सावित्रा रानामगरको बेजोड प्रस्तुतीसमेत रहेको थियो ।
बञ्जारा बञ्जाड समाजकी अध्यक्ष गीता तिम्सिना बञ्जाराको अध्यक्षतामा भएको कार्यक्रममा पनौती नगरपालिकाकी उपप्रमुख गीता बञ्जाराको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, पनौती नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बेदप्रसाद बञ्जारा र वडा नम्बर ४ का वडा सदस्य प्रकाश बञ्जारा विशेष अतिथिका रुपमा रहेका थिए ।
कार्यक्रममा पनौती अंग्रेजी माध्यमिक विद्यालय, पनौती सरसफाई नागरिक अभियान लगायतका संस्थालाई सम्मानसमेत गरिएको थियो । कार्यक्रम समाजका महासचिव दीपन्द्र शर्मा बञ्जाराले सञ्चालन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया