काठमाडौं । कुमारी बैंक लिमिटेड र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सम्झौता भएको छ ।
कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने बैंककले जनाएको छ ।
यसका साथै कुमारी बैंकका ग्राहकहरुलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क निशुल्क रुपमा उपलब्ध हुनेछ ।
यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया