काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका दुई ठुला पार्टी भ्रष्ट भएको आरोप लगाएका छन् ।
आइतबार एकीकृत समाजवादी केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमाले सबैभन्दा घमण्डी र दलालवादी पार्टी भएको आरोप लगाएका हुन् ।
उनले भने, ‘अहिले दुई पार्टीको सरकार बनेको छ यस्तो विश्व परस्थितिमा दुई दलको सरकार बनेको छ । दुई वटै घमण्डी र भ्रष्ट पार्टी हुन् । अवसरवादी पार्टीहरु हुन् । एउटा त प्रतिक्रियावादी दलाल पूँजीवादकै प्रतिनिधि भैइहाल्यो अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो । दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादीको घेराबन्दीमा गठबन्धन सरकार बनेर के निश्चित गर्छ भने दुई पार्टी सिस्टममा बस्न सक्दैनन् ।’
उनले एउटै पार्टीले बहुमत लिएर आए पनि मल्टिपार्टी सिस्टममा नटिक्ने जिकिर गरे । उनले भने, ‘नेपालमा असम्भव छ मल्टिपार्टी सिस्टम । केही हुनेवाला पनि छैन । देशमा मल्टिपार्टी सिस्टम स्थापना भए पनि पूँजीवादी मल्टिपार्टी सिस्टम हो । पूँजीवादमा मल्टिपार्टी सिस्टम अन्त्यसम्म रहन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया