काठमाडौं । गत भदौ ७ गते तनहुँ आँबुखैरेनीको ऐनापहराबाट मर्स्याङ्दीमा खसेको बस निकालिएको छ ।
बिहान साढे ६ बजेबाट १० बजेसम्म उक्त सडकखण्ड बन्द रहने भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना जारी गरेको थियो ।
१० बजेनै बस निकाल्ने भनिए पनि साढे २ अर्थात् ८ घण्टापछि उक्त बस निकालिएको हो ।
सानो क्रेनले उक्त बस निकाल्न नसकेपछि अर्को ठुलो क्रेन लगेर बस निकालिएको हो ।
बस निकाल्न लामो समय लागेपछि धेरै यात्रुहरुको बिचल्ली भएको थियो । अहिले बस निकालेपछि उक्त सडकखण्ड सञ्चालनमा आएको छ ।
शुक्रबार भारतीय यात्रु बोकेको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । उक्त बसमा ४३ जना सवार रहेकोमा अन्यको उपचार हुँदैछ भने एक जना अझै बेपत्ता रहेका छन् । साथै मृतकहरुको शव पहिचानपछि भारत लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया