भृकुटीमण्डपमा आजदेखि ‘नाडा अटो शो’ सुरु

लोकपथ
56
Shares

काठमाडौं । सवारी साधनको महाकुम्भ नाडा अटो शोको सोह्रौँ संस्करण काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो शो’ मा विभिन्न २३ ब्रान्डले नयाँ उत्पादन सार्वजनिक गर्ने भएका छन् । 

भृकुटीमण्डपमा सञ्चालनभइरहेको १६औँ संस्करणको अटो शो उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका हुन् । मेलामा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ ब्रान्डका हलुका कमर्सियल गाडी, १६ वटा कम्पोनेन्ट ब्रान्ड र सात वटा बैंक तथा इन्स्योरेन्स कम्पनीका स्टल रहने नाडाले जनाएको छ । 

नाडाका अनुसार मेलामा प्यासेन्जर कार सेगमेन्टमा सुजुकी, ओमोडा, जेको, टाटा, हुन्डाई, काई, किया, लिपमोटर्स, सिट्रोन, रिडारा, आयोन, निटा, अवतार, एक्सपाङ, डिपल, नामी, सेरेस, जिकर, बिवाइडी, हेनरी, भोल्ट, स्काइवेल, एमजी, महिन्द्रा, बिएडब्लू रहेका छन् । जसमध्ये सुजुकीसँग आइसी इन्जिनवाल गाडी मात्र रहेका छन् । यस्तै, टाटा, हुन्डाई, कियालगायत ब्रान्डले आइसी र इभी दुवै मोडल प्रदर्शनीमा राखेका छन् ।

दुईपांग्रे सवारीसाधनमा गोगोरो, सिएफ मोटो, जिहो, गारो, इलेक्ट्रिक वान, जनसन, रोयल इनफिल्ड (बुलेट), बजाज, ट्र्याम्फ, एथर, एनआइयू, हिरो, याडिया, बेनेली, यामाहा, सुजुकी, भेस्पा, अप्रिलिया, बिएमडब्लू, टिभिएस ब्रान्ड सहभागी हुने नाडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?