खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित नागी नजिक करिब ५० मिटर सडकमा आज बिहान पहिरो जाँदा सो सडक अवरुद्ध भएको हो ।
अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाउने काम भइरहेको नगरप्रमुख विमला राईले जानकारी दिए। ‘चुवाचुङबाट झरेको पहिरोले करिब ५० मिटरभन्दा लामो सडकखण्ड ओगटेको छ । पहिरो हटाउन बिहानैदेखि लागिपरेका छौँ, ’उनले भने, ‘पूर्णरुपमा सडक सञ्चालन गर्न समय लाग्छ ।’
पहिरोले सडक अवरुद्ध भएपछि राजधानी काठमाडौंलगायत पूर्वी तराईका विभिन्न जिल्ला जाने यात्रु बाटोमै अलपत्र परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया