नेकपा बहुमतले घोषणा गर्‍यो भ्रष्टाचारविरुद्धको आन्दोलन

लोकपथ
238
Shares

काठमाडौं । नेकपा (बहुमत) ले भ्रष्टाचार र वेथितिविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर असोज ३ गतेसम्मको संघर्षका कार्यक्रम घोषणा गरिएको छ । 

पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले सरकारले अहिलेसम्मका भ्रष्टाचारीलाई चोख्याउने र नीतिगतरुपमै भ्रष्टाचार गर्ने वातावरण बनाउन कानुनमा पाँच वर्षे हदम्यादको प्रस्ताव गरेको बताए । 

पाँच वर्षे हदम्यादको प्रावधान भ्रष्टाचारलाई संस्थागत गर्ने सामान्य पर्यन्त मात्र नभएर देशकै अस्तित्वमाथि आघात पुर्‍याउने षड्यन्त्र भएको बताउँदै बास्तोलाले सो प्रस्ताव खारेज गर्न माग समेत गरे ।  

उनले भने, ‘भ्रष्टाचारको अनुसन्धान र मुद्दा दायर गर्न पाँच वर्षे हदम्याद सम्बन्धी प्रस्ताव भ्रष्टाचारलाई संस्थागत गर्ने सामान्य प्रयत्न मात्रै नभएर नेपाली जनता र नेपाल राष्ट्रको अस्तित्वमाथि नै आघात गर्ने खतरनाक षड्यन्त्र हो ।’ 

बास्तोलाले भ्रष्टाचारको तीन प्रकारका हुने बताउँदै सबैभन्दा डरलाग्दा र खतरनाक नीतिगतरुपमा हुने भ्रष्टाचार बताए । कार्यविधिमा हुने भ्रष्टाचार सबैभन्दा बाहिरी भ्रष्टाचार भएको बताउँदै उनले यो सामान्य नागरिकले थाहा हुने बताए । 

उनले कार्ययोजना र कार्यक्रममा हुने भ्रष्टाचार मध्यम खालेका हुने र समितिलाई मात्रै थाहा हुने बताए । 

उनले भने, ‘भ्रष्टाचारको विविध आयम रहेका छन् । नीति, कार्ययोजना, कार्यक्रम र कार्यविधिमा हुने भ्रष्टाचार अन्तरगत अधिकांश जनतलाई थाहा हुने भनेको कार्यविधिमा हुने भ्रष्टाचार हो, जुन सबैभन्दा बाहिरी तहको भ्रष्टाचार हो । कार्ययोजना र कार्यक्रममा हुने भ्रष्टाचार केही सीमित मानिसहरूलाई थाहा हुन्छ, यो मध्यम भ्रष्टाचार हो, नीतिगत भ्रष्टाचार सबैभन्दा कम मानिसहरूलाई थाहा हुन्छ, जो उच्च तहको र खतरनाक भ्रष्टाचार हो ।’ 

वित्तीय क्षेत्रबाट हुने शोषण भ्रष्टाचारको अर्को अमानवीय उदाहरण भएको बताउँदै बैंक र वित्तीय संस्थाहरुबाट मध्यम र निम्नमध्यम वर्ग मात्र नभएर न्यून आय भएका जनतासमेत शोषित हुने परेको महासचिव बास्तोलाले बताए । 

बैंकहरुबाट ऋण लिएका १९ लाख र सहकारी एवं वित्तीय संस्थाहरुबाट ऋण लिएका २३ लाख ऋणीहरु भएको बताउँदै राजनीतिक पार्टी, ठुला नोकरशाह, दलालले विना धितो र ब्याज खर्बौं रकम परिचालन गरेको बास्तोलाले बताए । उनले न्यून आय भएका नागरिकलाई अनिवार्य धितो, नियमित किस्ता नतिरे जरिवाना र ब्याजलाई पुनः बिगोमा बदल्ने चक्र वृत्ति ब्याजको दुष्चक्रमा फसाउन गरिएको बताए । 

सावा बराबर ब्याज पुगेपछि ब्याज नलाग्ने कानुनी व्यवस्थाको उल्लंघन गरी ऋणीहरूको सम्पत्ति तुरुन्तै धितो लिलाम गर्ने गरिएको बताउँदै त्यस विरुद्ध आफ्नो पार्टीले अब संघर्ष गर्ने बताए । 

देशलाई ऋणमा डुबाएर सत्ताधारीहरुले भ्रष्टाचार गरेको बताउँदै महासचिव बास्तोलाले भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुन सबैलाई अपिल समेत गरेका छन् । 

महासचिव बास्तोलाले उच्च तहमा पुगेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचार ठहरिएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताए । त्यस्तै, निजी बैंकहरु खारेज गरी सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने समेत बताए । 

आन्दोलनका मागहरुः

– भ्रष्टाचार सम्बन्धी पाँच वर्षे हदम्याद राख्ने निर्माणाधीन कानुन खारेज गरे । 

– मन्त्रिपरिषद्ले नीतिगत निर्णय गरी गरिएका भ्रष्टाचारमा अख्तियार नलाग्ने प्रावधान खारेज । 

– सबै खाले बैंक तथा वित्तीय लुटपाटजन्य भ्रष्टाचार बन्द गर । 

– सावा बराबरभन्द बढी ब्याज असुल्न नपाउने सर्वोच्च अदालतको फैसला सबै क्षेत्रमा लागू गर । 

– नेपाली बैंक (राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड) का शाखाहरु गाउँ गाउँसम्म स्थापना गर । 

– सम्पूर्ण व्यवसायीक बैंकहरु  खारेज गर, त्यसको सम्पत्ति राष्ट्रियकरण गरी राष्ट्रिय उद्योगहरु स्थापना गर । 

बैंकले ऋणीको धितो लिलाम गर्दा सावा बराबरको ब्जाजभन्दा बढीको धन प्रचलित मूल्यमा फिर्ता र्ने व्यवस्था गर । 

– भ्रष्टाचारमा मुछिने अदालत र न्यायाधीशहरुलाई अख्तियारको छानबिनमा ल्याउने व्यवस्था गर । 

– नेपालबाट भ्रष्टाचार गरी विदेशमा राखिएको सम्पत्ति फिर्ता गर । 

– अहिलेसम्मका सम्पूर्ण उच्च पदस्तहरुको सम्पत्ति छानबिन गरी भ्रष्टाचार गरिएको सम्पत्ति राष्ट्रियकरण गर । 

संघर्षका कार्यक्रहरुः 

भदौ, 

– ११ गते पत्रकार सम्मेलन ।

– १४ गते सबै जिल्लाहरुमा कोणसभा । 

– १५ गते प्रदेश राजधानीमा भ्रष्टाचार काण्डबार कोषणसभा । 

– १६ देखि १९ गतेसम्म सबै जिल्लाहरुले सबै क्षेत्रका भ्रष्टाचारका घटनाहरु सार्वजनिक गर्ने । 

– २० गते सबै जिल्लामा भ्रष्टाचार र वित्तीय शोषणविरुद्ध मशाल जुलुस । 

– २५ गते सबै जिल्लामा भ्रष्टाचारविरुद्ध जनसंघर्ष समिति घोषणा गरी संयोजकको नाममा विज्ञप्ति जारी गर्ने । 

– २६ देखि ३१ गतेसम्म महानगर, उपमहानगर, नगरपालिका/गाउँपालिकाहरुमा बेरुजुको विवरण सार्वजनिक गर्न दबाब सिर्जना गर्ने । 

असोज ३ गते काठमाडौंमा महासचिवको उपस्थितिमा जनप्रदर्शन गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?