अवैध रुपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र

लोकपथ
175
Shares

काठमाडौं । अवैध रुपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले ब्राजिलको साओपाउलो विमानस्थलको ट्रान्जिटमा १७६ जना नेपाली अलपत्र अवस्थामा रहेको जानकारी दिएको हो।

नेपाली दूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै अलपत्र परेका सबै नेपालीहरु सकुशल रहेको र उनीहरुलाई आवश्यक मानवीय सहायता पुर्‍याउने दूतावासले जनाएको छ ।

मानव तस्करहरुको समूहले अवैध रुपमा अमेरिका प्रवेश गराउने भन्दै ब्राजिल लगायतका दक्षिण अमेरिकी देशहरु पुर्‍याउने गरेका छन् ।

त्यसैले हाल ब्राजिल सरकारले अवैध रुपमा विदेशी नागरिक तेस्रो मुलुक आउन थालेपछि आफ्नो देशको प्रवेशाज्ञा लिएकालाई मात्रै प्रवेश अनुमति दिने नियम ल्याएको छ।

‘अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सीधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?