अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

मृतककी आमा भन्छिन् : प्रेम सम्बन्धलाई लिएर छोरी तनावमा थिइन्

लोकपथ
315
Shares

काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या गरिएको छ ।

ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डेको सोमबार साँझ साढे ५ बजे हत्या भएको हो । उनको छाती र टाउकोमा धेरै पटक गोली हानिएको पाइएको स्थानीय प्रहरीले जनाएको छ ।

शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार उनी बस्दै आएको अपार्टमेन्टमा मृत भेटिएकी थिइन् ।

ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा उनीमाथि गोली प्रहार भएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताए ।

मृतक पाण्डे एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका आएका थिए ।

न्यूयोर्कबाट प्रकाशित नेपाली अखबार नेप्योर्कले मुनाको आमा अनिता पाण्डेले आफूहरुसँगको कुराकानीमा शनिबारदेखि छोरी आफ्नो सम्पर्कमा नरहेको बताएको समाचार प्रकाशित गरेको छ ।

आफ्नी छोरी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्धलाई लिएर केही तनावमा रहेको पनि अनिताले नेप्योर्कसँग बताएकी छन् ।

मुनाको शव पोस्टमार्टम गरी होस्टन प्रहरीले घटना अनुसन्धान गरिरहेको छ । प्रहरीले हत्या कसले गरेको भन्ने सन्दर्भमा अझै सुराक नभेटिएको र हत्यामा प्रयोग भएको हतियार पनि नभेटिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?