सभामुख घिमिरेले प्रमाणित गरे टीआरसी विधेयक

लोकपथ
133
Shares
फाइल तस्बिर

काठमाडौं । सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाल आयोगसम्बन्धी संशोधन विधेयक–२०८१ (टीआरसी विधेयक) प्रमाणीकरण गरेका छन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित विधेयक सभामुख घिमिरेले प्रमाणीकरण गरेपछि राष्ट्रपति कहाँ पठाउने व्यवस्था रहेको छ ।

सोही व्यवस्था अनुसार सभामुख घिमिरेले उक्त विधेयक बुधबार प्रमाणीकरण गरेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

द्धन्द्धकालिन घटनासँग सम्बन्धित विषय लामो समयदेखि टुंगिन नसकेको अवस्थामा एमाले र कांग्रेस नेतृत्वको सरकार गठनपछि त्यसलाई तादरुकताका साथ अघि बढाइएको थियो ।

गत साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते राष्ट्रियसभाबाट उक्त विधेयक पारित भएको थियो । राष्ट्रपतिले प्रमाणित गरेपछि त्यसले कानुनको रुप लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?