जंगली बँदेल मारेको अभियोगमा पूर्वडीआईजीसमेत छानबिनमा तानिए

लोकपथ
497
Shares

काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह योगिनायाँ कोशी पलार क्षेत्रमा जंगली बँदेल मारेको आरोपमा नेपाल प्रहरीका पूर्वडीआईजीसहितका व्यक्तिमाथि छानबिन अघि बढाइएको छ ।

प्रहरी स्रोतका अनुसार पूर्वडीआईजी ज्ञानविक्रम शाहसहित करिब एक दर्जन व्यक्तिमाथि प्रहरीले छानबिन अघि बढाएको हो । छानबिन प्रक्रिया अघि बढेपछि भने आरोपितहरुले खेतबारीमा बाली खान आएका बेला बँदेल मारेको बताएका छन् ।

नेपाल सरकारले ७ मंसिर २०८० मा हानिकार वन्यजन्तु भनेर बँदेललाई घोषणा गरेको थियो । जसअनुसार बाली खान आएको बेला खेतबारीमै मार्न सकिने तर मारेको बँदेल जनप्रतिनिधिको रोहबरमा गाड्न वा मूल्य तोकी मासु बिक्री वितरण गर्न समेत सकिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?