पर्यटनलाई विज्ञ र व्यवसायीहरूले अगाडि बढाएका छन् : मन्त्री भण्डारी

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ज्यानु बसन्त राज मिश्र फाउन्डेसन ले प्रतिभाहरुको सम्मान गरेर ऐतिहासिक काम गरेको बताएका छन् । 

त्यस्तै संस्थाले महत्त्वपूर्ण विषय र विभागहरुलाई  आफ्नो  ठाउँबाट  झक्झक्याएर सहयोग गरेको भन्दै प्रशंसा पनि गरे । 

बिहीबार ज्यानु बसन्त राज मिश्र फाउन्डेसन समाजिक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुरस्कार प्रदानले सबैमा प्रतिभा झन झल्किरहेको बताए । 

उनले  भने, ‘संस्थाले असाध्यै समसामयिक अति महत्त्वपूर्ण विषय  र विभागहरू जोडेको छ । मुलुकमा धेरै कुराको आवश्यकता छ र ती आवश्यक्ताहरुलाई पूरा गर्न  संस्थाले बेला बेला झक्झक्याईरहेको छ । यसले संस्थाको महत्त्व झल्किने छ ।’

साथै उनले नेपालको पर्यटन क्षेत्रको विकासमा यस्ता निजी क्षेत्रहरुले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले यो क्षेत्रको विकासमा नेपाल सरकारको सहयोग  भन्दा पनि निजी क्षेत्रमा लागेका विज्ञहरु र व्यवसायीहरूले पर्यटन क्षेत्रलाई अगाडि बढाएको जिकिर गरे  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?