काठमाडौं । बझाङमा भूकम्प गएको छ ।
बिहीबार साँझ बझाङको मष्टा गाउँपालिकास्थित मष्टा मन्दिर आसपास भन्ने स्थान केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
७ बजेर ३४ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
हालसम्म कुनै भौतिक र मानवीय क्षति भएको विवरण आएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया