मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गर्ने सरकारको निर्णय

लोकपथ
91
Shares

काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहेका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

हालकी मुख्यसचिव लीलादेवी गड्तौला शनिवारदेखि अनिवार्य अवकाशमा जाँदैछिन् । यसअघिका मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्ट्राचार मुद्दा परेपछि निलम्बरमा परेसँगै गड्तौलालाई मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । गड्तौला नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिव हुन् ।

त्यस्तै आज बसेको बैठकले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेश डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी दूरसञ्चार सेवा प्रदायक टेलिकम कम्पनी एनसेललाई अनुमति पत्र नवीकरण शुल्क चार किस्तामा बुझाउन दिने निर्णय गरेको छ ।

‘एनसेललाई अनुमति पत्र नवीकरण वापतको शुल्क चार किस्तामा बुझाउन दिने निर्णय भएको छ,’ उनले भने, ‘दोस्रो किस्तादेखि अन्तिम किस्तासम्म बाँकी रहेको रकममा १० प्रतिशत ब्याजदर पनि बुझाउनुपर्नेछ ।’

याे पनि

मुख्यसचिव गड्तौला पर्सिदेखि अवकाशमा जाँदै, नयाँ मुख्यसचिवमा एकनारायणको प्रबल सम्भावना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?