चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी, को हुन् उनी ?

लोकपथ
196
Shares

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णयको गरेको हो ।

बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सञ्चार मन्त्रालयले सिफारिस गरेको थियो । नाम सिफारिस हुनेमा डिसीसँगै दीपा पाण्डे र राजेश थापा रहेका थिए । बैठकले तीन जनामध्येबाट डिसीलाई बोर्डको अध्यक्षको जिम्मेवारी दिएको हो ।

यसअघि बोर्डको अध्यक्ष अभिनेता भुवन केसी रहेका थिए । उनको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष नियुक्त गरिएको हो ।

को हुन् उनी ?

कलाकार तथा निर्देशक दिनेश डिसीको वास्तविक नाम भने दिनेशराज दाहाल (डिसी) हो । उनी २०५० बाट कलाकारको रुपमा ट्वाक्क टुक्क कमेडी कार्यक्रममार्फत् नेपाली चलचित्र उद्योगमा प्रवेश गरेका हुन् ।

उनी सञ्चारकर्मी पनि हुन् । चलचित्र सुनचाँदी र शंकरमार्फत चलचित्र कर्मीको रुपमा अभिनय यात्रा अघि बढाएका दिनेशले करिब ५ दर्जन चलचित्रमा काम गरिसकेका छन् ।

मायाज बार, ६ एकान ६, फूलैफूलको मौसम तिमीलाई जस्ता चलचित्र तथा करिब दुई दर्जन टेली चलचित्रको निर्देशन गरेका छन् ।

साथै उनले चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउँदै स्वेदशी चलचित्रको विकासका लागि बोर्ड अध्यक्षमा आवेदन दिएका थिए ।

उनी नेकपा एमालेनिकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष पनि हुन् । उनले विज्ञानमा स्नातकसम्मको अध्ययन समेत गरेका छन् ।

याे पनि

चलचित्र विकास बोर्ड अध्यक्षमा कसले मार्ला बाजी ? ६ जनाको उम्मेदवारी

चलचित्र विकास बोर्ड अध्यक्षमा आवेदन दिएकाहरुको अन्तर्वार्ता आज र भोलि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?