परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत सिफारिस

लोकपथ
133
Shares

काठमाडौं । सरकारले परराष्ट्र सचिव सेवा लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिवको १३ महिना बाँकी कार्यकाल रहँदै उनलाई राजदूत सिफारिस गरेको हो ।

२०८० साल मंसिर २८ गते परराष्ट्र सचिवमा बढुवा भएकी उनी नेपालको पहिलो महिला परराष्ट्र सचिव हुन् । अहिले बेल्जियमका लागि नेपालको राजदूतमा गेहेन्द्रराज भण्डारी छन् ।

उनी २०७७ पुसमा राजदूत नियुक्त भएका थिए । लम्साल परराष्ट्र सचिवबाट अलग्गिएपछि रिक्त पदमा अमृत राईलाई बढुवा गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ । उनी अहिले भएका सहसचिवमध्ये वरिष्ठ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?