प्रहरी निरीक्षक हुँ भन्दै ठगी गर्ने पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । सादा पोसाकको प्रहरी निरीक्षक हुँ भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर घर भई  हाल काठमाडौंको कालोपुल बस्ने २५ वर्षीय सुमन तामाङ भन्ने मिङमार तामाङ रहेका छन् ।

सुमन तामाङले गत साउन २२ गते तिर्थ लाल तामाङलाई सादा पोसाककाे प्रहरी भनि एक तोलाको सिक्री र नगद ६७००० ठगी गरी फरार भएका थिए ।

सोही घटनाको अनुसन्धाको क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार सुमन तामाङलाई पक्राउ गरेको हो । यसका साथै सुनको सिक्री खरिद गर्ने गंगबु स्थित बागलुङ भगवती सुन चाँदी पसलका सञ्चालक  ६३ वर्षीय बल बहादुर सुनारलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पश्चात् उनीहरुलाई आवश्यक कारबाहीको लागी प्रहरी परिसर काठमाडौं पठाइएको छ  ।

प्रहरीको थप अनुसन्धानको क्रममा सुमन तामाङले ठगी तथा लुटपाट गर्ने कार्यमा प्रयोग गर्ने गरेको २२० सिसिको पल्सर मोटरसाईकल समेत चोरीको भनि खुल्न आएकोले र सवारी नं. समेत अन्य व्यक्तिको नाममा दर्ता रहेको सो सम्बन्धमा समेत थप अनुसन्धान कार्य भई रहेको छ  ।

यसका साथै सुमन तामाङले सोही प्रकृतिबाट अन्य व्यक्तिहरुलाई समेत ठगी तथा लुटपाट गरेको  र काठमाडौं उपत्यका अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरुमा थप ८ वटा निवेदन परेको  छ र प्रहरीले ती पीडितहरुसँग समेत थप जाहेरी दरखास्त लिई जिल्ला प्रहरी परिसर पठाइएको  छ ।

त्यस्तै गरी सुमन  तामाङले ठगी तथा लुटपाट गरे पश्चात् काठमाडौं उपत्यका अन्तर्गतका विभिन्न स्थानहरुमा रहेका लज तथा होटलहरुमा बस्ने गरेको र उक्त समयको बिल ( रकम) समेत नदिई सञ्चालकहरुलाई म सादा पोसाकको प्रहरी निरीक्षक हो भनि धाक धम्की दिने गरेको खुल्न आएको छ ।

साथै सुमन तामाङले सुरुमा म सादा पोसाकको प्रहरी निरीक्षक हो, तपाईलाई जस्तो सुकै समस्या परेको खण्डमा समेत मैले सहयोग गर्ने छु भनि विश्वास दिलाई नजिकको सम्बन्ध स्थापित गरे पश्चात् ठगी तथा लुटपाट गर्ने गरेको पनि खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?