काठमाडौं । नवलपुरको विनयी गाउँपालिका–७ रानीनगरमा निर्माणाधीन घरको ट्वाइलेटको सेप्टिक ट्यांकभित्र काम गर्ने क्रममा तीनजनाको मृत्यु भएको छ । उनीहरुको निसास्सिएर मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही घरका घरधनीका छोरा ३८ वर्षीय छोरा प्रकाशसिंह क्षेत्री, छिमेकी १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ का २८ वर्षीय मोहम्द राजा रहेका छन् ।
नवलपुरका प्रहरी प्रमुख एसपी नरहरी रेग्मीले रानीनगर भन्ने ठाउँमा निर्माणाधीन घरको ट्वाइलेटको सेप्टिक ट्यांकभित्र काम गर्न पसेका उनीहरूलाई बेहोसपछि अस्पताल लगिएको र अस्पतालले मृत घोषणा गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया