कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका सवारीसाधान अलपत्र

लोकपथ
42
Shares
फाइल तस्बिर

कर्णाली । चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँ मूल्य बराबरको स्याउ बोकेका सवारीसाधान अलपत्र परेका छन् ।

कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो । हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन् । 

कालीकोट शुभकालिकाका गाउँपालिका–१ स्थित गगनेखोला सडकको पहिरो हटाउन यहाँ उपलब्ध स्रोतसाधनका साथै जुम्ला सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी काममा तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय कालीकोटमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?