काठमाडौं । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को अध्यक्षमा रामकला खड्का चयन भएका छन् । आज भएको १२औँ साधारणसभा तथा सातौँ अधिवेशनको सर्वसम्मतिबाट अध्यक्षमा भएका हुन् ।
अधिवेशनले उपाध्यक्षमा चन्दा विष्ट, महासचिवमा रमिताकुमारी लामा, सतिव रुक्मिणी पोखरेल र कोषाध्यक्षमा दीपा आलेलाई चयन गरेको छ । त्यसैगरी विशेष सदस्यमा संगीता लामा, सदस्यहरूमा अम्बिका राजथला, सोनी शर्मा, शोभा मानन्धर, सीता विके, रुपा खड्का र लक्ष्मी बस्नेत चयन हुनुभएको छ । १२औँ साधारणसभा तथा सातौँ अधिवेशनको उद्घाटन आजै बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले गरेकी थिइन् ।
सन् २००६ मा स्थापना भएको डब्लुडब्लुजेले स्वतन्त्र र जिम्मेवार प्रेसको वकालत गर्दै पत्रकार महिलाको हकहित तथा दक्षता अभिवृद्धिका लागि काम गर्दै आएको छ । संस्थाले महिला र सञ्चार क्षेत्रका नीति र कानुनलाई नजिकबाट अध्ययन एवं विश्लेषण गर्दै सम्बन्धित निकायलाई निरन्तर सुझाव दिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया