‘माता र कुल देवता’ गुहार्दा पनि जोगिएन १०५ प्रहरी अधिकृतको जागिर

लोकपथ
1.2k
Shares

काठमाडौं । ‘जय माता कुल स्वामी कालीका जगत जननी सदैव रक्षा गर्नुहोस् !

जन्म दिने आमा, कर्म दिने आमा (नेपाल प्रहरी संगठन) र नेपाल आमा (जनता) को सुरक्षार्थ सदैव लागिरहन पाइयोस् !!

प्रत्यक्ष र परोक्षरुपमा साथ दिनु हुने सम्पूर्णमा हार्दिक नमन !!!

सम्मानित सर्वोच्च अदालतबाट हाम्रो मागमा कारण देखाउ आदेश र अन्तरिम आदेश जारी हुने गरी आज मिति २०८१/०५/०६ गते फैसला भएको छ ।’

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्काल स्थगन गर्न सर्वोच्च अदालतले आदेश दिएपछि रिट निवेदक २१ जनामध्येका एक जना एसएसपी दिनेश मैनालीले त्यसै दिन आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए माथिका हरफ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको त्यस दिनको एकल इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्दै यस्तो आदेश दिएपछि सरकार र प्रहरी संगठनमै तहल्का मच्चिएको थियो । तर सो आदेशले पार्ने दीर्घकालीन प्रभावलाई लिएर सरकार ‘भ्याकेट’ मा गयो । र, सरकारको मागअनुरुप नै सर्वाेच्चको फैसला आयो ।

सर्वाेच्चको सो फैसलापछि आज आइतबारदेखि नेपाल प्रहरीका ८९ र सशस्त्र प्रहरीका १६ जना अवकाशमा गएका छन् । केहीको शुक्रबार नै बिदाइ भइसकेको छ भने केहीको आज भइरहेको छ । अनिवार्य अवकाशमा गएकामा नेपाल प्रहरीका बागमती प्रदेशका डीआईजी विष्णुकुमार केसी र सशस्त्र प्रहरीका डीआईजीद्वय अभि खत्री र दुर्गा भट्टराई छन् ।

यस्तै, एसएसपीहरूमा जीवन श्रेष्ठ, किसनसिंह थापा, रेवती ढकाल, दिनेशराज मैनाली, बेलबहादुर पाण्डे, रवि पौडेल, चन्द्रदेव राई, नवीन राई, दिल्लीराज विष्ट, रवीन्द्र रेग्मी र वीरबहादुर ओली पनि अवकाशमा गएका छन् । अवकाशमा गएका एसपीमा लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवदेश बिष्ट क्षेत्री, नरेन्द्रकुमार कार्की, टेकुनन्द ईवा लिम्बु, कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, चित्रबहादुर गुरुङ र नवीनकिशोर प्रधान छन् । यस्तै, उनीहरुसँगै असईमा भर्ना भएर २०६२/६३ मा प्रहरी निरीक्षकमा नाम निकालेका र केही बढुवा हुँदै डीएसपी बनेकाहरु पनि अवकाशमा गएका छन् ।

अवकाशमा गएका डीएसपीहरुमा श्रीराम भण्डारी, भरतकुमार शाह, मनोजकुमार श्रेष्ठ, जनकबहादुर मल्ल, राजनकुमार गौतम, महेश बस्नेत, रामकृष्ण सापकोटा, गणेशबहादुर श्रेष्ठ, भरतबहादुर चौधरी, ऐनबहादुर मल्ल, किरणप्रसाद न्यौपाने, होमबहादुर थापा, खगेन्द्रप्रसाद रिजाल, भोजराज पाण्डेय, लालबहादुर बम, नारायणबहादुर श्रेष्ठ, राकेशकुमार पोदार र गोविन्द पन्थी छन् ।

यस्तै, डीएसपीहरु रामबहादुर चन्द, सुजितकुमार ओझा, फणीन्द्र रानाभाट, विजय थापा, जमुनाकुमारी बस्नेत, दलराम टमाटा, मदनबहादुर कुँवर, देवबहादुर कुँवर, हिक्मतबहादुर बोहरा, अनिलकुमार उप्रेती, शैलेन्द्रकुमार खड्का र उद्धवप्रसाद अधिकारी पनि अवकाशमा गएका छन् । प्रहरी सहायक निरीक्षकमा भर्ना भएर बढुवा हुँदै हाल प्रहरी निरीक्षक रहेका ३५ जना पनि आज अवकाशमा गएका छन् । प्रहरी निरीक्षकबाट अवकाश हुनेमा सरोजकुमार ठकुराठी, जयराम वन्त, भुवन भट्ट, कृष्ण रानामगर, ओमप्रकाश वाग्ले, बिजुलीनाथ योगी, गिन्द्रबहादुर बोगटी, खिमबहादुर घर्तीमगर, अर्जुनप्रसाद पोखरेल, उदयमान द्विवेदी, काशीराज रेग्मी, योगराज न्यौपाने, शान्तराम कार्की, हिराबहादुर केसी, खेमराज कडायत र हरिविष्णु ढकाल छन् ।

यस्तै, रविभूषण प्रसाद यादव, राजेन्द्रप्रसाद यादव, उदयसिंह सिजापती, मोहन थापा, कलेन्द्रविक्रम शाही, मानप्रसाद श्रेष्ठ, किसन चन्द ठकुरी, अवधकिशोर ओझा, विजय भण्डारी, भीमबहादुर कार्की, प्रेमबहादुर बोहरा, नरपति भट्ट, जगत दमाई, कमल आचार्य, मेघनाथ चापागाईं, निलमबहादुर भण्डारी, तीर्थबहादुर भण्डारी, जगदीश पौडेल र गोपाल चालिसेले पनि अवकाश पाएका छन् । यस्तै, सशस्त्र प्रहरी तर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विश्व भट्टराई, एसपीहरु पूर्ण साउद, त्रिभुवन विष्ट, धनबहादुर सिंह, अशोककुमार शाक्य, दीपेन्द्र गिरी, उद्धव रावल, प्रेम रावल, गोपाल श्रेष्ठ र हर्क शाही, डीएसपीहरु कान्छु भण्डारी, भीम चौधरी, कर्ण बुढामगर र महेन्द्रराज भारती अवकाशमा गएका छन् । सशस्त्र प्रहरीको हकमा भने १२ जना ३० बर्से सेवा अवधि हटाइ पाउँ भनी सर्वाेच्च गएका थिए । तर न्यायाधीश सारंगा सुवेदीको इजलाशले अन्तरिम आदेश नदिएपछि उनीहरु अवकाशमा जाने पहिला नै निश्चित भइसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?