बाह्रबिसे र भोटेकोशीबाट असोजभित्रै बिजुली उत्पादन : मन्त्री तामाङ

लोकपथ
84
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले एक महिनाभित्र बाह्रबिसेको १०२ मेगावाट विद्युतबाट बिजुली उत्पादन गर्ने बताएका छन् ।

आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री तामाङले बाह्रबिसे र भोटेकोसी जलविद्युतबाट असोजभित्र बिजुली उत्पादन गर्ने बताएका हुन् ।

उनले भने, ‘बाह्रबिसे १०२ मेगावाट विद्युत्, भोटेकोसी जलविद्युतको काम करिब एक महिनामा सिद्ध्याउने र बिजुली बाल्ने काम पूरा भएको छैन । करिब आठ महिना बितिसक्दा पनि वातावरण वा परिस्थिति नमिलेर केही ढिलाइ भएको छ । हामीले स्थलगत गएर अध्ययन गरिसकेका छौँ । अब एक महिना अर्थात् असोजभरिमा त्यहाँको १०२ मेगावाट बिजुली उत्पादन गर्दैछौं ।’

साथै उनले मङ्सिर भरमा नेपाल विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालय अन्त्रगतसँगको सबै प्रक्रिया मिलाएर साँढे पाँच सय मेगावाट विद्युत् बाल्न सफल हुने बताए । उनले छिटो भन्दा छिटो नेपालको हरेक कुनाकाप्चामा बत्ती बाल्ने निर्णय भएको बताए ।

कार्यक्रममा विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राई, ऊर्जा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललगायतले आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?