काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारणको नीति संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथिको छलफलमा उनले नेपाल टेलिभिजनको आजसम्मको जे जस्तो गतिविधि छ त्यसका सुधार नगरीकन उद्देश्य पूरा गर्न नसकिने बताए । उनले सार्वजनिक सेवा प्रसारणको नीति संशोधन गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।
उनले भने,‘नेपाल टेलिभिजनको आजसम्म जे जस्तो गतिविधि छ । त्यसका सुधार नगरीकन उद्देश्य पनि पूरा गर्न नसकिने भयो । सार्वजनिक सेवा प्रसारणको नीतिको संशोधन गर्नुपर्ने छ । आधुनिक प्रविधिको विकास भइसक्यो त्यसैले यो त्यही अनुसार चल्न सक्नुप-यो त्यसैले पनि यो संशोधनमा ल्याएको हो ।’
उनले सार्वजनिक सेवा प्रसारण संस्थाहरू खोल्दा नितान्त सेवाको लागि मात्र खोलिएको भएपनि निजी क्षेत्र पनि समावेश भएसँगै प्रतिस्पर्धामा जान नसकेको बताए ।
सरकारी सेवाको लागि गठन गरेको संस्था राम्रोसँग सेवा पु-याउन नसक्ने र प्रतिस्पर्धामा पनि जान नसक्ने र व्यवसायीकताको पनि विकास गर्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया