सरकारले स्वीकृत गर्यो ३ अर्ब ६७ करोड बराबरको अनुदान, यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु

लोकपथ
308
Shares

काठमाडौं । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

बैठकले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति भएका डिसीलाई  सोमबार बिहान १०ः४५ बजे बोर्डमा पदभार ग्रहण तथा बधाई कार्यक्रम रहेको जनाएको  हो । 

यस्तै बैठकले बहु क्षेत्रीय  घोषणा पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट  प्राप्त हुने २ मिलियन युरो  गरी जम्मा २५ मिलियन युरो करिब तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको  छ । 

साथै मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योग मुद्दाको पीडित बिन्धवासीनी कन्सकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मासिक क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर  गरी पीडित राहत कोषमा उपलब्ध गराउन व्यवस्था मिलाउने पनि निर्णय गरेको  छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?