काठमाडौं । पाल्पामा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
रामपुर नगरपालिका–१० बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रामपुर–१० का ४० वर्षीय यमबहादुर खरु मगर रहेका छन् ।
दुर्घटनाबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएकाेमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया