काठमाडौं । काठमाडौंको अनामनगरलगायत विभिन्न क्षेत्रमा मंगलबार बिहान ८ बजेदेखि देखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटे कुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हुँदा मंगलबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।
अनामनगर पूर्वी गेट हुँदै हनुमान स्थान सिंहदरवार दक्षिण गेट हुँदै न्युरो हस्पीटल अगाडी, प्रभु बैंक अगाडी धोवीखोला हुँदै सेतो पुल मैतीदेवी जालीकारखाना, घटे कुलो एरिया र गोर्खा एफएम सम्मको विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया