करिब ५९ लाख मूल्य बराबरको सामान बरामद

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका–३ बाट प्रहरीले ५८ लाख ९३ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको छ ।

भाँसी आनन्द टोलस्थित सिद्धार्थ इन्जिनियरिङ अटो वर्कसप नजिकैबाट आइतबार नं. ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो ।

बरामद भएको सामानहरुमा लत्ताकपडा, सवारी साधन तथा मोबाइल पार्ट्स, ईलेक्ट्रोनिक्स सामान लगायतका छन् । 

बरामद सामान आवश्यक कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको प्रहरीले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?