काठमाडौं । तनहुँ र सिन्धुलीमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।
तनहुँको व्यास नगरपालिका–१० अधेरी भञ्ज्याङ बस्ने ४२ वर्षीय मनभुजा कुमालको घरमा जुवातास खेलिरहेको अवस्थामा कुमालसहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ५ सय १० रूपैयाँ र ८० पत्ति ताससहित पक्राउ गरेको हो ।
यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटस्थित तारा कुमार श्रेष्ठको अश्विन होटल तथा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–४ बस्ने ५१ वर्षीय शुक्रलाल वाईवासहित ९ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ सय ४५ रूपैयाँ र ५ सय ३२ पत्ति ताससहित सोमबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया