काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता भनेकै नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् ।
बुधबार महेन्द्रनगर स्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै उनले प्रहरीको सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताए ।
उनले भने,‘अहिले प्रहरीले समिति स्रोतसाधनमा काम गर्नुपरेको छ । नवनिर्मित भवनले सेवा प्रवाहमा सहज हुनेछ ।’उनले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागि समेत अब्बल बनाउनुपर्ने धारण व्यक्त गरे । पछिल्लो समय साइवर अपराधहरु बढिरहेकाले प्रहरीले परम्परागत अपराध बाहेक साइवर अपराधमा पनि अनुसन्धान गर्नु परेको उनको भनाई थियो ।
त्यसैगरि कार्यक्रममा बोल्दै उनले संसद्मा भएका दुई ठुला दलहरु बीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनाएको बताए ।
‘दुई दल बीच सातबुँदे सहमति भएर सरकार निमार्ण भएको छ । कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौँ शसत्रद्धन्द्धलाई शान्तिमा ल्यायौ ।’उनले भने ।
उनले मुलुकमा दुई ठुला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसद्का दुई ठुला दलहरु मिलेर देशको विशिष्ट कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताए ।
उनले एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति कार्यान्वयनमा कुनै शंका नर्गन समेत आग्रह गरे ।
उक्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सम्पूर्ण नागकिरहरुले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले पूर्वाधार विकासमा जोड दिएको बताए ।
उनले भने,‘नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन । प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया