डेंगुको संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

लोकपथ
70
Shares

काठमाडौं ।  चितवन जिल्लामा थप एक जनाको डेंगुको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मंगलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा.कल्याण सापकोटाले जानकारी दिए । उनका अनुसार बिरामीमा कडा खालको डेंगु देखिएको थियो । 

शरिरका विभिन्न भागबाट रक्तश्राव भई अंगहरुले काम गर्न छाडेर (मल्टी अर्गान फेलर) उनको मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।  यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको डेंगुको संक्रमणका कारण मृत्यु भएको थियो ।  

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेंगुको संक्रमण देखिएको छ । तीन हजार तीन सय ३१ जनाको परीक्षणका क्रममा उनीहरुमा यो रोगको संक्रमण देखिएको हो । सङ्क्रमितमध्ये पाँच सय ८० जना चितवनका र अन्य जिल्ला बाहिरका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?