युवा युवतीहरूलाई बन्धक बनाइ यातना दिने चार जना पक्राउ

लोकपथ
70
Shares

काठमाडौं । काठमाडौंको डान्सबार र क्लबमा भेटिएका युवा युवतीहरूलाई बन्धक बनाइ शारीरिक यातना दिएको अभियोगमा ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका–३ बस्ने २७ वर्षीय राजेन्द्र घले, काठमाडौं ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका–११ घर भएका २२ वर्षीय ओजस्वी तामाङ र काठमाडौं स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङ रहेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ बाट मंगलबार पक्राउ गरेको हो । 

उनीहरुले ती युवा युवतीलाई विभिन्न प्रलोभनमा पारी बुढानिलकण्ठस्थित घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्ने सम्मको शारीरिक यातना दिएको प्रहरीको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  

यसको साथै प्रहरीले उनीहरूको साथबाट नक्कली पेस्तोल १ थान, ह्‍यामर १ थान, इलेक्ट्रिक आइरन १ थान र व्लोवर मेसिन १ थान बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?