काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।
ओखलढुंगा चिसङखुढी नगरपालिका–६ पोखरे घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ बस्ने २८ वर्षीय सुबास आले मगर रहेका छन् ।
सुभासले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुभासलाई काठमाडौं महानगरपालिका–३ महाराजगन्जबाट मंगलबार पक्राउ गरेको हो ।
सुभासलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया